राज्यव्यवस्था समितिको बैठक स्थगित


काठमाडौँ- संघीय निजामती सेवा विधेयकमाथि छलफल गर्न आज बस्ने भनिएको संसदको राज्यव्यवस्था समितिको बैठक स्थगित भएको छ।


बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई छलफलका लागि बोलाइएको थियो। मन्त्री उपत्यका बाहिर भएकाले बैठक आयोजना हुन सकेन।

बैठक अब भोलि बिहान साढे ११ बजे बस्नेछ। छलफलका लागि संघीय निजामती सेवाको गठन, सञ्चालन, र सेवाका सर्तहरू समेटिएको विधेयकमाथि दफावार छलफल हुनेछ।