काठमाडौँ- चितवन राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु हिउँ चितुवाको अखेटोपहारसहित दुई जनालाई पक्राउ गरेको छ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार निकुञ्जका कर्मचारी र नेपाली सेनाको टोलीले विशेष सूचनाका आधारमा भरतपुर महानगपालिका–१० बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
अभियुक्तहरूलाई अनुसन्धानका लागि निकुञ्जको हिरासतमा राखिएको छ। उनीहरूविरुद्ध वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ ९१० अनुसार कानुनी कारबाही हुने अधिकारी थापामगरले जानकारी दिएका छन्।
प्रतिक्रिया