काठमाडौँ- बझाङ जिल्लामा १२ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन पापिलोमाभाइरस) खोप लगाउने योजना सुरु गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार माघ २२ देखि फागुन ६ सम्म १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने छ।
कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीलाई विद्यालयमै खोप लगाइने र विद्यालय नजाने किशोरीलाई उमेरका आधारमा खोप उपलब्ध गराइने छ । १२ वटै स्थानीय तहका स्वास्थ्य शाखासँग समन्वय गरी अभियान सञ्चालन गरिएको छ । २९१ स्वास्थ्यकर्मी र ४३४ स्वयंसेवकसहित ६५१ जनाको टोली खोप कार्यक्रमका लागि परिचालन गरिने छ ।
विद्यालय जाने किशोरी ११,८३५ मा र विद्यालय नजाने किशोरी २९१ जनामा खोप लगाईने भएको छ ।
कुल किशोरीको संख्या १२,१२६ रहने छ ।
साइपाल गाउँपालिकामा १९४ किशोरी, बुङ्गल नगरपालिकामा २,०५८ किशोरी, जयपृथ्वी नगरपालिकामा १,३०६ किशोरी र अन्य पालिकाहरूमा पनि तोकिएका संख्याका आधारमा खोप वितरण।
प्रतिक्रिया