‘पहाड’मा वर्षाको ठाउँमा प्रियंका



आफ्नो ड्रिम प्रोजेक्ट ‘पहाड’को निर्देशक तुलसी घिमिरेले छायांकन थालेका छन् । यसपटक यो फिल्ममा पुरानो र नयाँ शैलीलाई फ्यूजन गर्ने तयारी तुलसीको छ ।

यो फिल्ममा यसअघि नायिका वर्षा राउतले काम गर्ने पक्का भएको थियो । तर, फिल्म विविध कारणले वर्षाले छाडिन् । अब उनको ठाउँमा नायिका प्रियंका कार्कीको फिल्ममा प्रवेश भएको छ ।

यो फिल्ममा प्रियंकासँगै मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, सुनिल थापा, अरुण क्षेत्रीको साथमा तुलसीकी कान्छी छोरी पञ्चमी घिमिरेको मुख्य भूमिका रहनेछ । प्रमोद प्रधानको छायांकन रहने फिल्ममा निर्देशक घिमिरेकै लेखन छ ।

यो फिल्ममा ओजश्वी केसीको लगानी छ भने रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह–निर्माताको रुपमा छन् । फिल्ममा रञ्जित गजमेरले संगीत दिएका छन् ।

यो फिल्ममा भारती घिमिरे क्रियटिभ निर्देशकको रुपमा छिन् भने उनकी जेठी छोरी भावना घिमिरे प्रोडक्सन डिजाइनरको रुपमा कार्यरत छिन् ।