काठमाडौँ- भारतको महाराष्ट्रमा भएको पुष्पक एक्सप्रेस रेल दुर्घटनामा हालसम्म चार नेपालीको ज्यान गएको छ। मृत्यु भएका व्यक्तिहरू कमला भण्डारी ४३ वर्ष, लच्छीराम पाशी ४० वर्ष, हिमु विश्वकर्मा १० वर्ष, जवकला भाट ६० वर्ष, इम्तियाज अलि ११ वर्ष
बुधबार साँझ करिब ५ बजे जलगांव क्षेत्रमा पुष्पक एक्सप्रेसमा आगलागी भएको अफवाह फैलिएको थियो। अफवाहका कारण यात्रुहरूले हतारमा झ्यालबाट हाम फाल्दा दुर्घटना भयो। पुष्पक एक्सप्रेसबाट हाम फालेका यात्रुहरूलाई अर्को कर्नाटक एक्सप्रेसले ठक्कर दिएको बताइएको छ।
दुर्घटनामा अहिलेसम्म १३ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। साथै, केही यात्रुहरू गम्भीर घाइते भएका छन्, र उनीहरूको उपचार भइरहेको छ।
प्रतिक्रिया