काठमाडौँ- रूस युक्रेन युद्धमा उत्तर कोरियाबाट खटिएका सैनिकहरूमध्ये झन्डै ४० प्रतिशतले ज्यान गुमाएका छन्। तीन महिना अघि रुसको कुर्स्क क्षेत्रमा पुगेका ११ देखि १२ हजार उत्तर कोरियाली सैनिकमध्ये ४ हजारभन्दा धेरैको मृत्यु भएको पश्चिमा देशहरू र दक्षिण कोरियाली अधिकारीहरूले दाबी गरेका छन्।
बीबीसीको रिपोर्ट अनुसार मृतकको संख्यामा केही घाइते, बेपत्ता, र बन्धक भएका सैनिकहरू पनि समावेश छन्। जनवरीको मध्यसम्ममा मात्र १ हजार सैनिकको मृत्यु भएको उल्लेख गरिएको छ।
तर, घाइते सैनिकहरूको उपचार कहाँ भइरहेको छ भन्नेबारे कुनै जानकारी बाहिर आएको छैन। युद्धमा उत्तर कोरियाले रुसलाई सहयोग गर्न यी सैनिकहरू खटाएको हो।
प्रतिक्रिया