नायिका स्वस्तिमा खड्का पहिरनको मामालामा निकै नै माहिर मानिन्छिन् । हरेक कार्यक्रममा फरक फरक पहिरन लगाउने स्वस्तिमाको फ्यान धेरै छन् । पहिरनको सेन्स भएकी नायिकाको रुपमा स्वस्तिमालाई हेरिन्छ ।
तर, फिल्म ‘केटी हराएको सूचना’को कार्यक्रममा भने स्वस्तिमाको पहिरनले सबैलाई अचम्मित बनायो । विना मेकअप मर्निङवाक गर्न हिडे जसरी स्वस्तिमा प्रिमियरमा पुगिन् ।
प्रिमियरमा पुगेकी उनले उपस्थित अधिकांश नायिकाहरुको खुलेर तारिफ पनि गरिन् । सबै नायिकाहरु बेष्ट भएको र सबैले उत्कृष्ट अभिनय गर्ने गरेको भन्दै स्वस्तिमाले फुर्काइन् पनि ।
तर, स्वस्तिमा आफै पनि विना मेकअप सामान्य पहिरनमा किन पुगिन् होला ? स्वस्तिमाले भनिन्–‘म बिहानैबाट फिल्म हरिबहादुरको जुत्ता’को वर्कशपमा निस्किएकी थिए । सोही वर्कशपबाट सोझै म प्रिमियरमा पुगेकी हुँ । यसैले, पनि मिडियाकर्मीले अपेक्षा गरे अनुसारको पहिरन लगाउन पाइनँ ।’
स्वस्तिमाले आफूलाई निर्माता नकिम उद्दिनले जसरी पनि आउनुपर्छ भनेर बोलाएका कारण घर गएर कपडा परिवर्तन गरेर आउने समय नभएकाले सोझै आएको बताइन् ।
स्वस्तिमाले सधै आकर्षक पहिरन लगाएर मिडिया र फ्यानको ध्यान तान्ने गर्थिन् । यसपटक, सामान्य रुपमा पुगेर पनि ध्यान तानिन् ।
प्रतिक्रिया