रुपन्देहीमा स्रोत नखुलेको २४ लाखभन्दा बढी रकमसहित एक भारतीय युवा पक्राउ


काठमाडौँ रुपन्देहीमा स्रोत नखुलेको २४ लाखभन्दा बढी रकमसहित एक भारतीय युवा पक्राउ परेका छन्। सिद्धार्थनगर नगरपालिका वडा नं। १, डण्डा क्षेत्रबाट २४ लाख १३ हजार १३० रुपैयाँ नेपाली र भारतीय १ हजार ५४० रुपैयाँ बरामद गरेको जनाएको छ।


लु ९२ प ३५४६ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा स्कुटरमा सवार भारतको महाराजगञ्ज नौतनवा ग्रामपञ्चायत वडा नं। ४, नौतनवा बस्ने २३ वर्षीय अभिषेक अग्रहरीले शरिरमा लुकाएर ल्याएको अवस्थामा फेला परेको हो ।
सशस्त्र प्रहरीको टोलीले प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा चेकप्वाइन्टमा स्कुटरको चेकजाँच गर्दा अभिषेक अग्रहरीले शरीरमा लुकाएर ल्याएको अवस्थामा रकम फेला परेको थियो ।

सशस्त्र प्रहरी बल नं। २७ गण हेडक्वाटर रुपन्देहीका प्रमुख एसपी आनन्द थापा मगरले नियमित चेकजाँचका क्रममा रकम बरामद गरिएको बताए। बरामद नगद, स्कुटर र अभिषेक अग्रहरीलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, बुटवलमा बुझाइएको छ। यस प्रकरणमा स्रोत नखुलेको रकमको अनुसन्धान जारी रहेको छ।