गोरखामा एक युवतिको कुँवामा डुबेर मृत्यु


काठमाडौँ- गोरखाको पालुङटार नगरपालिका–६, ठूलाचौरमा कुँवामा डुबेर ६७ वर्षीया कृष्णामाया कामीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माका अनुसार मृतक मानसिक रोगी रहेको परिवारका सदस्यले बताएका छन्।

कुँवाको गहिराइ करिब पाँच फिट थियो । घटना थाहा पाउना साथ स्थानीयले कुँवामा शव देखेर प्रहरीलाई खबर गरेका थिए । मृतावस्थामा उद्धार गरी परीक्षणपछि परिवारलाई अन्त्येष्टिका लागि बुझाइएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको छ । परिवारले मृतकलाई मानसिक समस्या भएको बताएका छन् ।