नायिका केकी अधिकारीले आमा बन्ने योजनालाई थाती राखेको बताएकी छिन् । मिडियासँगको कुराकानीमा केकीले आमा बन्ने बिषयमा सोचेपनि अहिलेलाई त्यो योजना थाती राखेको तर्क गरिन् ।
आखिर, केकी किन तत्काल आमा बन्ने योजनामा छैनन् त ? उनी भन्छिन्–‘केकी योजनाहरु छन्, केही सपनाहरु छन् । ती योजना र सपनालाई आमा बन्नु भन्दा पहिले पुरा गर्नुपर्नेछ । यसैले, अहिले आमा बन्ने योजनालाई थाती राखेकी हुँ ।’
नायिका अधिकारीले फिल्म ‘परान’मा काम गर्दैछिन् । यो फिल्ममा उनले नीर शाह, मदनकृष्ण श्रेष्ठ जस्ता कलाकारहरुसँग सहकार्य गर्दैछिन् । केकी अधिकारीलाई मेकरले निरन्तर रुपमा रुचाइरहेका छन् । फिल्म चलेपनि नचलेपनि उनको माग कम भएको छैन । फिल्मी बजारमा थुप्रै नयाँ नायिकाको प्रवेश भएपनि केकीले निरन्तर रुपमा फिल्ममा काम गरिरहेकी छिन् ।
यसको पछाडि, आफ्नो अनुशासन र व्यवस्थापनले नै काम गरेको केकीको वुझाई छ । नायिका अधिकारीले आफूले क्यामेरा अगाडि र क्यामेरा पछाडि अनुशासनलाई व्यवस्थापन गर्न सकेको कारण पनि मेकरहरुले रोज्ने गरेको तर्क गरिन् ।
प्रतिक्रिया