काठमाडौँ नेपालको तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरोले जनजीवनलाई कष्टपूर्ण बनाएको छ। विशेषगरी, पूर्वी र पश्चिमी तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ। नेपालगञ्ज र पोखरामा मात्रै ५०० मिटर भिजिबिलिटी मापन गरिएको छ, जसले यातायात र सामान्य जीवनलाई प्रभावित पार्दैछ।
शीतलहर र अत्यधिक चिसोले विशेषगरी पश्चिमी तराईका जिल्लाहरू, जस्तै बाँके र बर्दियामा जनजीवनलाई थप कठिन बनाएको छ। यो अत्यधिक चिसो बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी र अस्पतालका बिरामीहरूलाई गम्भीर असर पुर्याइरहेको छ। कम भिजिबिलिटीका कारण यात्रुहरूले लामो र छोटो दुरीको यात्रा गर्दा समस्या भोगिरहेका छन्।
नेपालगञ्ज र खजुरा क्षेत्रका विद्यालयहरू तीन दिनका लागि बन्द गरिएको छ। यसका साथै, नेपालगञ्ज विमानस्थलमा बाक्लो हुस्सुले हवाई सेवा प्रभावित गरेको छ।
जनजीवनमा गम्भीर असर परेका कारण स्थानीय सरकारले चोकचोकमा दाउरा बाल्ने व्यवस्था गर्नुपर्ने र गरिब तथा विपन्न समुदायलाई न्यानो कपडा वितरण गर्ने अपिल गरिएको छ। अत्यधिक चिसोले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउन सक्ने भएकाले बालबालिका, जेष्ठ नागरिक र दीर्घरोगीहरूलाई विशेष सावधानी अपनाउन सरोकारवालाले आग्रह गरेका छन्।
प्रतिक्रिया