काठमाडौँ- ललितपुरको गोदावरी क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ । ललितपुरको गोदावरी नगरपालिका–२ किटाचौरमा बिहीबार साँझदेखि सुरु भएको डढेलो शुक्रबार नियन्त्रणमा आएको हो ।
नेपाली सेनासहित सशस्त्र प्रहरी र स्थानीयले डढेलो नियन्त्रणमा लिएका हुन् । सालका रूख भएको विष्टछाप सामुदायिक वनमा बिहीबारदेखि आगो सुरु भएको स्थानीयले जानकारी दिए ।
प्रतिक्रिया