“अमेरिकामा इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान: ५०० भन्दा बढी अवैध आप्रवासी पक्राउ”


अमेरिकामा इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान अहिले चलिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामूहिक निर्वासन अभियानको सुरुआत गर्दै, सयौँ अवैध आप्रवासीलाई पक्राउ गर्नका साथै केहीलाई सैनिक विमानमार्फत देश बाहिर पठाइएको छ। ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिटका अनुसार, बिहीवार मात्रै ५३८ जना अवैध आप्रवासीलाई पक्राउ गरिएको र थुप्रैलाई सैनिक विमानमार्फत निकाला गरिएको जनाएको छ।

ट्रम्प प्रशासनले यो अभियानलाई इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियानको रूपमा वर्णन गरेको छ। ट्रम्पले आफ्नो चुनावी अभियानमा नै अवैध आप्रवासनविरुद्ध कडा कदम चाल्ने कुरा बताएका थिए। यसअघि, आफ्ना कार्यकालको पहिलो दिनमा राष्ट्रपति ट्रम्पले दक्षिणी सीमामा ‘राष्ट्रिय आपतकालीन अवस्था’ घोषणा गर्नका लागि आदेशमा हस्ताक्षर गरेका थिए। उनले अवैध आप्रवासीलाई ‘आपराधिक एलियन’ भनेर सम्बोधन गर्दै, तिनीहरूलाई देश निकाला गर्ने निर्णय गरेका थिए।

अमेरिकामा अनुमानित रूपमा लगभग १ करोड १० लाख गैरकानुनी आप्रवासी रहेको बताइन्छ।