माघको १६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘एक्टर’को विरुद्धमा अदालतमा मुद्दा दायर भएको छ । माघको ४ गते रिलिजमा आएको फिल्म ‘एक्टर’का निर्माता सम्राट थापाले माघको १६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘एक्टर’ विरुद्ध मुद्दा दायर गरेका हुन् ।
|नाम एउटै भएकाले प्रतिलिपी अधिकार हनन भएको भन्दै राजन भुषाल निर्देशित तथा थमन कुमार भण्डारी र मोती कार्की निर्मित फिल्म ‘एक्टर’को रिलिज तत्कालका लागि रोक्का गर्न माग गरिएको छ ।
फिल्म ‘एक्टर’का निर्माता सम्राट थापाले दायर गरेको मुद्दामा चलचित्र विकास बोर्डलाई समेत विपक्षी बनाइएको छ । एउटै नाम हुँदा हुँदै पनि चलचित्र विकास बोर्डले निर्माण इजाजत दिएको भन्दै विपक्षी बनाइएको हो ।
फिल्म माघको १६ गते रिलिज हुन लागेकाले त्यसपछि फैसला आउँदा यो मुद्दाको अर्थ नहुने भन्दै तत्काल फिल्मको रिलिज रोक्का गर्न माग गरिएको हो ।
यस्तै, निर्माताले आफूसँग रहेको ‘एक्टर’ फिल्मको अधिकार कायम गर्दै राजन भुषाल निर्मित फिल्म ‘एक्टर’को नाम परिवर्तन गर्न पनि माग गरेका छन् । एउटै नाम हुँदा आफ्नो फिल्मलाई व्यवसायिक रुपमा घाटा लागेको उनको भनाई छ ।
प्रतिक्रिया