काठमाडौँ- ताप्लेजुङको फुङलिङ नगरपालिका–११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको नो केबलकार समूह र प्रहरीबीचको झडपमा घाइते भएकाहरूलाई उपचारका लागि काठमाडौँ लगिएको छ। पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गर्ने ‘नो केबलकार समूह’ र सुरक्षाकर्मीबीच झडप भएको हो।
प्रहरी इन्स्पेक्टर रोहित शर्मासहित १२ जना नेपाल प्रहरी घाइते भएका छन् भने सशस्त्र प्रहरीका ९ जना घाइतेभएका छन् ।
नो केबलकार समूहका ४ जना सदस्य घाइते भएका छन् ।
केही घाइतेहरूको उपचार विराटनगरको नोबेल अस्पतालमा भइरहेको छ। गम्भीर घाइतेहरूलाई नेपाली सेनाको जहाजमार्फत काठमाडौँ लगिएको छ। घटनाको विस्तृत विवरण र अवस्थाबारे थप जानकारी आउन बाँकी छ।
प्रतिक्रिया