काठमाडौँ- १८ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा बझाङमा एक जनालाई प्रहरीले पक्राउ गरेको हो छ ।बिसपाथिभेरा गाउँपालिका १ बस्ने २४ वर्षीय धर्मराज गिरीलाई प्रहरीले गएराति पक्राउ गरेको छ ।
गिरीले ती किशोरीलाई शनिबार बेलुकी जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ।
घटनाका विषयमा अनुसन्धान गरिरहेको बझाङ प्रहरीले बताए ।
प्रतिक्रिया