काठमाडौँ- दाङ र झापा जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका हुन्।
दाङको तुल्सीपुर उपमहानगरपलिका ८ नयाँबस्ती बस्ने झुपराज घर्तीमगरको घरमा जुवातास खेलिरहेको अवस्थामा झुपराज समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५३ हजार ९ सय ८० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको छ ।
उता झापाको दमक नगरपालिका १० सेतुमारीस्थित खेतमा रहेको गोठमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका १० बस्ने ३८ वर्षीय विकास राई समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७६ हजार ४ सय ९० रुपैयाँ सहित पक्राउ गरेको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया