काठमाडौँ रसुवाको स्याफ्रुबेँसीमा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा १०५ महिलाको पाठेघर परीक्षण गरिएको छ। लाङटाङ लिरूङ अस्पतालद्वारा आयोजित शिविरमा १२ जनामा स्वास्थ्य समस्या पोजेटिभ देखिएको अस्पतालका डा। जीवन तामाङले जानकारी दिए।
परीक्षण गर्दा १२ जनामा समस्या पत्ता लागेको छ । समस्या देखिएका बिरामीलाई आवश्यक परामर्श प्रदान गर्न थालिएको छ। गम्भीर बिरामीलाई थप उपचारका लागि अन्यत्र पठाउने तयारी भइरहेको छ। विशेषज्ञ टोली शिविरका लागि स्त्रीरोग विशेषज्ञ डा। पुनम लामा खटिएकी थिइन्।
ग्रामीण क्षेत्रका बासिन्दाहरूलाई लक्षित गरी सञ्चालन भइरहेको लाङटाङ लिरूङ अस्पतालले हालसम्म १,५०० भन्दा बढी व्यक्तिलाई उपचार सेवा उपलब्ध गराइसकेको छ।
ग्रामीण महिलाहरू लाज र हिचकिचाहटका कारण आफ्नो समस्या खुलस्त राख्न नचाहने प्रवृत्ति देखिएको छ। यसलाई मध्यनजर गरी महिला चिकित्सकद्वारा परामर्श र उपचार सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ। स्वास्थ्यप्रति सजगता र समयमै अस्पताल जानुपर्ने महत्त्वबारे सचेतना जगाउने प्रयासलाई निरन्तरता दिइने अस्पतालले जनाएको छ।
प्रतिक्रिया