सुडानमा अस्पतालमाथि ड्रोन आक्रमण, ७० जनाको मृत्यु


काठमाडौँ- सुडानको अल फशर शहरस्थित साउदी अस्पतालमा भएको ड्रोन आक्रमणमा करिब ७० जनाको ज्यान गएको छ। यो घटनामा थप १९ जना घाइते भएका छन्।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले माइक्रोब्लगिङ प्लेटफर्म ‘एक्स’(९पूर्व नाम ट्विटर) मा पोस्ट गर्दै आक्रमणको पुष्टि गरेका छन्। उनका अनुसार, आक्रमणको समयमा अस्पतालमा बिरामी र उनीहरूको साथमा रहेका कुरुवाहरूले भरिएको थियो।

स्थानीय अधिकारीहरूले यो आक्रमणका लागि विद्रोही समूह ‘र्‍यापिड सपोर्ट फोर्स’ ९च्क्ँ० लाई दोष दिएका छन्। यद्यपि, आरएसएफले यस आरोपबारे कुनै प्रतिक्रिया दिएको छैन।

डब्ल्यूएचओले यस्तो हिंसात्मक आक्रमणको कडा भर्त्सना गर्दै स्वास्थ्य सेवा केन्द्रहरूलाई निशाना नबनाउन अपिल गरेको छ। सुडानमा पछिल्लो समय भइरहेको द्वन्द्वका कारण मानवीय संकट गहिरिँदै गएको छ।