दिनेश सुनारले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा २१ औं पटक कीर्तिमान राखे


काठमाडौँ- नेपालका दिनेश सुनारले गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा आफ्नो २१ औं कीर्तिमान राख्न सफल भएका छन्। उनले यस पटक ुमोस्ट बटरफ्लाई ट्वीस्ट इन ३० सेकेण्ड मा रेकर्ड राखेका छन्। गिनिजले तोकेको न्यूनतम १२ पटकको मापदण्डलाई पार गर्दै दिनेशले ३० सेकेण्ड भित्र १४ पटक बटरफ्लाई ट्वीस्ट गरेर रेकर्ड बनाएका छन्।

दिनेश नेपालमा पार्कर विधाका अगुवा मानिन्छन्। उनले सातौँ राष्ट्रिय खेलकुद ९विक्रम संवत् २०७१० र आठौँ राष्ट्रिय खेलकुद ९२०७४० मा जिम्न्यास्टिक विधामा स्वर्णपदक जितेका छन्। पार्कर विधा भनेको अवरोधहरूलाई सहज, छरितो र सुरक्षित तरिकाले पार गर्ने कला हो, जुन नेपालमा व्यावसायिक रूपमा मान्यता प्राप्त छैन।

दिनेशले सन् २०१७ देखि लगातार पार्कर विधामा विभिन्न रेकर्ड राख्दै आएका छन्। यसअघिका २० रेकर्डहरूलाई पछाडि पार गर्दै उनले अब मोस्ट बटरफ्लाई ट्वीस्ट इन ३० सेकेण्डु को रेकर्ड राखेका छन्। ज्याकी चेन र ब्रुस ली जस्ता कलाकारको चलचित्रबाट प्रेरित भएर दिनेश गाउँघरमा जिम्नास्टिकको अभ्यास गर्थे। उनले आफ्नो अधिकांश रेकर्ड आफैले तोड्ने गरेका छन्, र हाल गिनिज बुकमा १२ व्यक्तिगत रेकर्ड कायम छन्।

सन् १९५५ देखि प्रकाशित गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा हालसम्म ५३,००० भन्दा बढी रेकर्ड दर्ता भएका छन्। यस पुस्तकमा कला, खेलकुद, विज्ञान, प्रविधि, लगायतका विषयलाई समावेश गरी रेकर्ड राखिन्छ। नेपालबाट पनि गिनिजमा दर्जनौँ रेकर्डहरू रहेका छन्, जसमा पर्वतारोहण, खेलकुद, बौद्धिक क्षमता र अन्य थुप्रै क्षेत्र समावेश छन्।

दिनेशको सफलता नेपालका लागि गर्वको कुरा हो र उनले गिनिज बुकमा थप रेकर्ड राख्ने सम्भावना पनि रहेको छ।