विजयले साइन गरे ‘जनै हराएको बाहुन’



अहिलेका चर्चित कलाकार बिजय बरालले नयाँ फिल्म साइन गरेका छन् । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ब्लकबस्टर भएपछि बिजयले कुन फिल्म साइन गर्छन् भन्ने चासो धेरैको थियो । उनी अब हिमाल न्यौपानेको निर्देशनमा तयार हुन लागेको फिल्ममा विजयले काम गर्ने पक्का भएको हो ।

फिल्ममा कथा, पटकथा तथा संवाद भानुभक्त ढकालको छ । फिल्मको कथा निकै मन परेपछि आफू जोडिएको बिजयले बताएका छन् ।

यो फिल्मले गाउँबाट शहर आएका एक सरल व्यक्तिले भोग्नुपरेको अनपेक्षित परिस्थिती र त्यसले जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ । दर्शकलाई यो फिल्मले एक अनौठो र रोमाञ्चक यात्रामा लैजाने बताइएको छ । कमल न्यौपाने, आर के मानन्धर, सीआर बस्नेत, विमल न्यौपाने र निशान्त श्रेष्ठले यो फिल्ममा लगानी गर्दैछन् ।

फिल्ममा नवीन गुरुङको छायांकन रहनेछ । फिल्मको एसोसियट निर्देशक मनिष रावत हुन् । फिल्मका लागि अन्य कलाकार र प्राविधिक टुंगो नलागिसकेको निर्माणपक्षले बबताएको छ । फिल्मलाई आउँदो बर्ष रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।