भोलि शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘एक्टर–टेक १’को रिलिज तत्कालका लागि रोक्न जिल्ला अदालत, काठमाडौंले अन्तरिम आदेश दिएको छ ।
माघको ४ गतेबाट रिलिजमा आएको फिल्म ‘एक्टर’का निर्माता सम्राट थापाले प्रतिलिपी अधिकार हनन भयो भन्दै अदालतमा मुद्दा दर्ता गरेका थिए ।
निर्माता थापाको मुद्दामा आज बहस भएको थियो । बहसपछि अदालतले माघ २२ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।
त्यसअघि फिल्मको रिलिज रोक्न अदालतले आदेश दिएको हो । योसँगै भोलिबाट रिलिजमा आउन लागेको फिल्मको प्रदर्शन अनिश्चित बनेको छ ।
राजन भुसालको निर्देशनमा तयार भएको फिल्म ‘एक्टर–टेक १’मा प्रदीप खड्का, राजवल्लभ कोइराला, आना शर्मा, दिव्या रायमाझी लगायतका कलाकारहरुको अभिनय छ । यो फिल्मको सोमबार बेलुकी काठमाडौंमा प्रिमियर समेत गरिएको थियो ।
प्रतिक्रिया