महाकुम्भ मेलामा भागदौड मच्चिँदा १४ जनाको मृत्यु, ५० घाइते


१६ माघ, काठमाडौं ।  महाकुम्भ मेलाका क्रममा गएराति करिब १ः३० बजे प्रयागराजको संगम किनारमा भागदौड मच्चिँदा कम्तीमा १४ को मृत्यु भएको  छ ।

५० भन्दा बढी घाइते छन्।भागदौड पछि, प्रशासनको अनुरोधमा अमृत स्नान रद्द गरिएको छ । होहल्लाका कारण एकाएक भागदौड मच्चियो। केही महिलाहरू भुइँमा लडे र मानिसहरू तिनीहरूलाई कुल्चीमिल्ची गर्दै हिँडे। दुर्घटनापछि ७० भन्दा बढी एम्बुलेन्सहरू संगम किनारमा पुगेका थिए ।

यसै मार्फत घाइते र मृतकहरूलाई अस्पताल लगियो। संगम नाका क्षेत्रमा सर्वसाधारणको प्रवेश निषेध गरिएको छ। भीड बढ्न नदिन प्रयागराज शहरसँग सिमानामा रहेका सबै जिल्लाहरूमा भक्तजनहरूको प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।