‘एक्टर’बाट निर्माताको हातमा १० हजार



माघको ४ गतेबाट रिलिजमा आएको फिल्म ‘एक्टर’ दुई दिन पनि हलमा टिकेन । यो फिल्मले बक्स अफिसमा पनि निकै फितलो कमाई गरेको आँकडा सार्वजनिक भएको छ ।

फिल्मले बक्स अफिसमा दुई दिनमा जम्मा २८ हजार ८८५ रुपैयाँ कमाई गरेको छ । चलचित्र विकास बोर्डबाट सार्वजनिक भएको आँकडा अनुसार, दुई दिनमा यो फिल्मले २८ हजार हारहारीको ग्रस कलेक्शन गरेको छ ।

माघको ४ गते हलमा लागेको यो फिल्म माघको ६ गते बिहान ११ बजे हलबाट उत्रिएको थियो । फिल्मले गरेको यो कमाई अनुसार निर्माताको हातमा लगभग १० हजार रुपैयाँ मात्र पर्छ ।

यही फिल्मका निर्माताले माघको १६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘एक्टरः टेक वान’ विरुद्ध मुद्दा दायर गरेका थिए । नाम एउटै भएको भन्दै आफूलाई आर्थिक क्षती भएको दाबी सहित मुद्दा दायर भएको थियो ।

जसकाकारण, हिजोबाट रिलिजमा आउनुपर्ने फिल्म ‘एक्टरः टेक वान’ प्रदर्शन हुन सकेन ।