आलोचकमाथि खनिने कि गल्ती सुधार्ने प्रियंकाजी ?



नायिका प्रियंका कार्की जहाँ पुग्छिन्, त्यहाँ उनको कुन न कुनै रुपमा चर्चा हुन्छ । प्रियंका पनि चर्चाका लागि अनेक फन्डा अपनाउन माहिर छिन् ।

फिल्म ‘ममी’को गीत सार्वजनिक कार्यक्रममा प्रियंका छोरी लिएर पुगिन् । सो कार्यक्रममा छोरीको कपाल तानेको भन्दै प्रियंकाको चर्को आलोचना पनि भयो ।

तर, प्रियंकाले कहिलेकाही हुने गरेका कमजोरीहरुलाई सुधार्ने प्रयास भने गरेको देखिएन । वरु, उनी आलोचना गर्नेहरुले नै आफूलाई खाना दिन्छन् र भन्दै आक्रोशित बनेकी छिन् ।

हालै दिएको एक अन्तरवार्तामा, प्रियंकाले यही भनिन् । मलाई यो सबै कुरा गर्ने, मेरो बारेमा के–के लेख्नेहरुले खान दिन्छन्, मेरो घर चलाइदिन्छन् भन्दै उनी आक्रोशित बनिन् ।

तर, प्रियंकाले आफूबाट गल्ती भएको हो, म सुझाव मनन गर्छु भन्न सकिनन् । यसको अर्थ, उनी यस्तो कुराहरुलाई वास्ता गर्नु हुँदैन भन्ने सोचमा छिन् ।

आफूले गल्ती नै नगरी यसै आलोचना भयो भने त्यसलाई वास्ता गर्नु हुँदैन । तर, आफ्नो कमजोरी कसैले औल्याइदियो भने त्यसलाई मनन गर्न जान्नुपर्छ प्रियंकाजी ।