नायक राजवल्लभ कोइराला फिल्म ‘एक्टर’का लागि नेपाल आए । यो फिल्मको रिलिजका लागि नेपाल आएका राजवल्लभ प्रिमियरमा पनि सहभागी भए । प्रिमियरमा पाएको प्रतिक्रियाबाट निकै उत्साहित भएका राजवल्लभ भावुक पनि देखिएका थिए ।
तर, यो फिल्म हलमा लाग्न पाएन । जिल्ला अदालत, काठमाडौंले फिल्मको प्रदर्शन स्थगीत गर्न आदेश दिएपछि ‘एक्टर–टेक वान’को रिलिज रोकियो । यसले, अमेरिकाबाट यही फिल्मको रिलिजका लागि नेपाल आएका राजवल्लभलाई निराश बनाएको छ ।
उनले, सामाजिक संजालमा ‘खै के खै के’ भनेर लेखेका छन् । अर्थात, राजवल्लभ अब के हुन्छ भन्ने अन्यौलमा छन् ।
फिल्म रिलिज भएको भए उनी हल–हलमा पुगिरहेका हुन्थे । दर्शकसँग बसेर फिल्म हेरेर प्रतिक्रिया लिइरहेका हुन्थे ।
तर, छोटो समयका लागि अमेरिकाबाट आफ्नै रुचीमा नेपाल आएका राजवल्लभलाई फिल्म रोकिदा तनाव भएको छ । यहीकारण उनी ‘एक्टरलाई न्याय चाहियो’ पनि भनिरहेका छन् ।
प्रिमियरमा उपस्थित फिल्मीकर्मी र पत्रकारहरुले राजवल्लभको कामलाई रुचाएका थिए । तर, दर्शकबाट प्रतिक्रिया लिएर अमेरिका फर्किने राजवल्लभको सपना तत्काल पुरा भएको छैन । अब, के हुन्छ उनलाई पनि थाहा छैन ।
प्रतिक्रिया