१९ माघ, काठमाडौं । काठमाडौंमा जारी महिला टी-२०आई शृंखलाको दोस्रो खेलमा नेपालले आज थाइल्याण्डसँग खेल्दै छ ।
खेल दिउँसो सवा १२ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुँदैछ। बिहीबार भएको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो भने शुक्रबार थाइल्याण्डले नेदरल्याण्ड्सलाई हराएको थियो ।महिला टी-२०आई वरियतामा थाइल्याण्ड १३औं स्थानमा छ भने नेपाल २०औं स्थानमा छ ।
प्रतिक्रिया