गाजा, १९ माघ । हमासले आज थप ३ जना इजरायली बन्दी रिहा गर्ने जनाएको छ ।
इजरायली बन्धकहरूको परिवारको प्रतिनिधित्व गर्ने समूहले शुक्रबार थप तीन बन्दीहरूको नाम पुष्टि गरेको हो । जसलाई हमासले शनिबार हस्तान्तरण गर्ने अपेक्षा गरिएको छ । र, तिनीहरूमध्ये दोहोरो कार्डधारी अमेरिकी–इजरायली नागरिक रहेका छन् ।
उत्तरी क्यारोलिनाका ६५ वर्षीय किथ सेइगल ४ दशकअघि इजरायल गएका थिए र हमासको अक्टोबर ७, २०२३ को हमलामा पक्राउ परेका थिए ।
हमासले पहिले तीन नामहरू उपलब्ध गराएको थियो र इजरायली अधिकारीहरूले सूची प्राप्त भएको पुष्टि गरेका छन् । जसमा इजरायली नागरिक यार्डन र किथ सेइगलको नाम उल्लेख छ । आक्रमणको क्रममा सेइगेलकी पत्नी अविभा सेइगललाई पनि लगिएको थियो ।
प्रतिक्रिया