रानीको हिन्दी गीत ‘हमनवा’ रिलिज



अमेरिकामा रहेर पनि गायिका रानी शाक्य गीतसंगीतमा सक्रिय छिन् । उनले निरन्तर रुपमा दर्शकमाझ नेपाली र हिन्दी भाषामा गीतसंगीत सार्वजनिक गरिरहेकी छिन

। यसैबिच, उनै रानीको नयाँ गीत ‘हमनवा’ सार्वजनिक भएको छ । रानी र विनित सिंहको स्वर रहेको यो गीतमा राज विर र विनय चौधरीको शब्द तथा संगीत छ । यो गीत रोमान्टिक शैलीमा तयार पारिएको छ ।

सार्वजनिक यो गीतमा करण मेहेरा र अम्बिका भानीको अभिनय हेर्न सकिन्छ । सार्वजनिक गीतको भिडियोमा करण र अम्बिका एक अर्काको प्रेमभावमा देखिएका छन् ।

नितिन चन्दको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा विष्णुको छायांकन, माभेरिकको सम्पादन छ ।