आनाले सुरु गरिन् ‘मायाको माया’को छायांकन



३ बर्ष अगाडि छायांकन सुरु भएर पनि रोकिएको फिल्म ‘मायाको माया’को फेरि काम सुरु गरिएको छ ।

आनाले तस्वीरसहित लेखेकी छिन्–‘यो यात्रा र अगाडिका सबै चिजको लागि उत्साहित छु ।’

आनाले सार्वजनिक गरेको तस्वीरमा उनी भारतीय नायक सत्यजीत दुबे र निर्देशक रोहितकरण वैद्यसँग छिन् । यो फिल्मको केही प्रतिशत ३ वर्ष अगाडि खिचिएको थियो । तर, अहिले फेरि सुरुवातदेखि नै फिल्म खिच्न थालिएको हो । प्रेम कथामा निर्माण हुन लागेको यो फिल्मलाई लिएर आना उत्साहित देखिएकी छिन् ।

यो फिल्मको ३ वर्ष अगाडि छायांकन हुँदा नायक राजेश हमाल र अनुप विक्रम शाहीले अभिनय गरेका थिए । तर, अब उनीहरु फिल्ममा दोहोरिने छैनन् ।

आना अभिनित फिल्म ‘एक्टरः टेक १’ हलमा लागिरहेको छ । यो फिल्मले दर्शकको ठिकठाक साथ पाइरहेको छ ।