६ महिना अगाडि मात्र बैबाहिक जीवनमा बाँधिएकी पुरानी नायिका अरुणिमा लम्सलाको डिभोर्सको चर्चा चलेको छ ।
अरुणिमाले ६ महिना अगाडि धरानका युवराज श्रेष्ठसँग मन्दिरमा बिहे गरेकी थिइन् । बिहे लगतै उनीहरु विभिन्न मिडियामा अन्तरवार्ताका लागि समेत पुगेका थिए । तर, अब उनीहरुको बैबाहिक सम्बन्ध टुटेको खबर छ ।
अरुणिमाले सामाजिक संजालबाट युवराजसँगका सबै तस्विरहरु हटाएपछि यो चर्चा चुलिएको हो । बिहे लगतै सामाजिक संजालमा युवराजसँगका तस्वीरहरु शेयर गरेकी अरुणिमाले अहिले इन्स्टाग्राम र फेसबुकबाट नै सबै तस्विर हटाएकी छिन् । योसँगै उनीहरु डिभोर्सको क्रममा रहेको खबर सार्वजनिक भएको हो ।
दुवैपक्षबाट यो बिषयमा अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक भएको छैन । तर, अरुणिमा र युवराजबिच डिभोर्स नै भइसकेको खबर पनि केही मिडियाले सार्वजनिक गरेका छन् ।
अरुणिमाको पहिलो वैवाहिक सम्बन्ध पनि टुटेको थियो ।
प्रतिक्रिया