फिल्म ‘हरि बहादुरको जुत्ता’को छायांकन सुरु भएको छ । आज शुभसाइत गर्दै फिल्मको निर्माण सुरु भएको जानकारी दिइयो ।
आज सूर्यविनायक मन्दिरमा फिल्मको स्क्रिप्ट, क्यामेरा पूजा गर्दै औपचारिक रुपमा छायांकन सुरु भएको जानकारी दिइएको हो । यो फिल्मको शुभसाइत समारोहमा नायक प्रकाश सपुत बाहेक अन्य मुख्य कलाकारहरुको उपस्थिती थियो ।
फिल्ममा हरिवंश आचार्य, प्रियंका कार्की, स्वस्तिमा खड्का, किरण केसी लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहनेछ । दीपेन्द्र के खनालको निर्देशनमा तयार हुन लागेको यो फिल्मलाई सरोज ओली र मोहित आचार्यले मिलेर बनाउन लागेका हुन् ।
यो फिल्ममा हरिवंश आचार्यकै कथा छ । काभ्रेमा यो फिल्म खिचिनेछ । एउटा रमाइलो कथामा यो फिल्म बन्न लागेको जानकारी निर्माणपक्षले बताएको छ । फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन ।
प्रतिक्रिया