फिल्म ‘डोरी’को पहिलो गीत सार्वजनिक गरिएको छ । चैत्रको १५ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको पहिलो गीत ‘चुच्चे ढुंगो उही टुंगो’ सार्वजनिक गरिएको हो । यो गीतमा राजनराज सिवाकोटी र अन्जु पन्तको स्वरमा समावेश यो गीतमा सिवाकोटीकै शब्द तथा संगीत छ ।
गीतको भिडियोमा फिल्मका अतिथी नायक आर्यन सिग्देल र नायिका अञ्जना बराइलीले नृत्य गरेका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोलाई सौरभ लामाले खिचेका हुन् । आर्यन र अञ्जनाले यसअघि फिल्म ‘पूजार सार्की’मा पनि एकसाथ काम गरेका थिए । यो गीतमा पनि उनीहरुको जोडीको सुहाएको छ ।
अरुण लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा प्रविण खतिवडा, शिशिर वाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले लगायतका कलाकारहरुको अभिनय छ ।
दिनेश भट्टराइको लगानीमा तयार भएको यो फिल्मका कार्यकारी निर्माता राज थापा हुन् । फिल्ममा राजु तामाङको एक्सन, मिलन श्रेष्ठको सम्पादन छ ।
प्रतिक्रिया