गायक उदित नारायण झा ले चुम्बन भिडियोबारे उठेका प्रतिक्रियालाई अनावश्यक रूपमा बढाइचढाइ गरिएको बताएका छन्। उनले स्पष्ट पार्दै भने, “म मेरो फ्यानहरूसँग साँचो प्रेम बाँड्छु, जुन कहिल्यै नटुट्ने बन्धन हो। भिडियोमा देखिएको पनि त्यही प्रेमको अभिव्यक्ति मात्र हो।”
उमेरको यो चरणमा कुनै गलत नियत राख्ने कुरा नै नहुने उल्लेख गर्दै उनले थपे, “मलाई कुनै पछुतो छैन, न लज्जाबोध। माता सरस्वतीको आशीर्वादले म सधैं सकारात्मक सोच राख्छु, अरूको आलोचनाले प्रभावित हुँदिन।”
उनका अनुसार, फ्यानहरूप्रति प्रेम देखाउनु स्वाभाविक कुरा हो, त्यसलाई अनावश्यक विवादको विषय बनाउन जरुरी छैन।
प्रतिक्रिया