फागुनको २ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दुःखी आत्मा’को कमर्सियल ट्रेलर सार्वजनिक भएको छ ।
टिजर, गीतसंगीत र ब्रेकअप कविताका कारण दर्शकको ध्यान तान्न सफल फिल्म ‘दुःखी आत्मा’को ट्रेलर निर्माणपक्षले सार्वजनिक गरेको छ ।
ट्रेलरमा समावेश गरिएको एक कवितामा भनिएको छ–‘नदीले बगरलाई सोधिन्, के तिमीलाई प्यास लाग्दैन । बगरले नदिलाई जवाफ दिइन्–‘युगौदेखि म आँखाले प्यास मेटेर बाँचिरहेछु ।’
यो कविताले पनि फिल्मले कस्तो भन्न खोजेको हो वुझ्न सकिन्छ ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।
रामजी लामिछानेको कोरियोग्राफी रहेको यो फिल्ममा श्रवण मुकारुङका १० कविता समावेश गरिएको छ । फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर लगायतका कलाकारहरुको अभिनय छ ।
क्लर्क वर्क क्रियशनको व्यानरमा यो फिल्म निर्माण भएको हो । फिल्मको ट्रेलरले हलसम्म दर्शकलाई तान्ने देखिन्छ । किनकी, दयाहाङको रोमान्टिक अवतार, फिल्मको कथावस्तु, रमाइला संवादमा गम्भिर बिषयवस्तु उठान गरेका कारण यो फिल्मले बक्स अफिसमा सुखद कारोबार गर्ने अपेक्षा गर्न सकिन्छ ।
प्रतिक्रिया