आज (मंगलबार) नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। सोमबार स्थिर रहेका सुनको मूल्य आज प्रतितोला एक हजार नौ सय रुपैयाँ बढेर छापावाल सुन प्रतितोला एक लाख ६४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार यो मूल्य एक लाख ६२ हजार आठ सय रुपैयाँ थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि मंगलबार बढेको छ। सोमबार एक हजार आठ सय ९५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज एक हजार नौ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ, जसमा ३५ रुपैयाँको वृद्धि भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य भने प्रतिऔंस २८ सय २० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया