फिल्म ‘रंगी’को शिर्ष गीतले दर्शकलाई सरप्राइज दिएको छ । किनकी, यो गीतमा नायक सलोन बस्नेतको जोडीको रुपमा नायिका मलिका महतको प्रवेश भएको छ ।
यो सँगै फिल्ममा सलोनकी श्रीमती को हुन् भन्ने रहस्य पनि खुलेको छ सार्वजनिक गीतमा आमेश भण्डारी र समिक्षा अधिकारीको स्वर, आमेशकै शब्द तथा संगीत छ । भिडियोमा फिल्मका मुख्य कलाकार सलोन बस्नेत नायिका मलिका महत्तसँग देखिएका छन् ।
मलिकासँग सलोनको प्रेम, बिहे र घरयासी जीवनसम्मलाई यो गीतमा फिचरिङ गरिएको छ । सान्भी इन्टरटेन्मेन्ट प्रालिको व्यानरमा निर्माण भएको यो फिल्मलाई सुरेश न्यौपानेले निर्देशन गरेका हुन् ।
सक्षम सुवेदी, करिश्मा केसी बस्नेत, अनिश गौतम निर्माता रहेको यो फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, मलिका महत, दिलिप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारीको अभिनय छ ।
सुमन गजमेरको लेखन रहेको यो फिल्ममा सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी छ । यो फिल्मले बाबु र छोरीबिचको आत्मियताको कथा भन्छ ।
प्रतिक्रिया