काठमाडौं – मानव बेचबिखन र ओसारपसारको कसुरमा नेपाली कांग्रेसका नेता ताराप्रसाद खनाल पक्राउ परेका छन्। अछामको प्रतिनिधिसभा क्षेत्र नं. २ (क) का सभापति रहेका खनाललाई आइतबार कैलालीबाट पक्राउ गरिएको हो।
मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोका एसएसपी दीपेन्द्र जिसीका अनुसार, खनालविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनलाई नियन्त्रणमा लिइएको हो र अनुसन्धान अघि बढाइएको छ। काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर खनालको थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया