मिलनले घोषणा गरे ‘सुम्निमा’



फिल्मलाई उच्च क्यानभासमा खिच्न माहिर मानिएका निर्देशक मिलन चाम्सले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । उनले बनाउन लागेको नयाँ फिल्मको नाम ‘सुम्निमा’ राखिएको छ ।

लभ स्टोरी कथामा बन्ने फिल्मको आज नाम सार्वजनिक गरिएको हो । यसअघि ‘बिर बिक्रम, लिलिबिली, ब्लाइन्ड रक्स, बबी, गोर्खा वारियर’ जस्ता फरक फरक जनराका फिल्म निर्देशन गरेका मिलन फेरि लभ स्टोरी फिल्मतर्फ लागेका हुन् ।

गोर्खा फिल्मस् र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने यो फिल्मले नारीको कथा भन्नछ । फिल्मका लागि कलाकार र प्राविधिकहरु फाइनल गरिएको छैन । यो फिल्मलाई राजिव थापाले लेखेका हुन् ।

चाम्सले निर्देशन गरेको फिल्म ‘अञ्जिला’ फागुनको २९ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मको फ्रेबुअरी १५ तारिखमा बेलायतमा प्रिमियर समेत गरिदैछ ।