फिल्म ‘हन्टर’का मुख्य नायक अरुण क्षेत्रीको लुक्स सार्वजनिक गरिएको छ । आज अरुणको जन्मदिनको अवसर पारेर उनको लुक्स सार्वजनिक गरिएको हो । पोस्टरमा अरुण चिउँडोमा हात राखेर तनावमा देखिएका छन् ।
उनको अनुहार रगतमा लतपतिएको छ । यो फिल्ममा उनी एक्सन भूमिकामा देखिन लागेको देख्न सकिन्छ । क्याच कुक इन्टरटेन्मेन्टको प्रालिको प्रस्तुतिमा निर्माण हुने यो फिल्मले सुदुरपश्चिमको कथा भन्नेछ ।
जीवन सिंहको निर्देशनमा तयार हुन लागेको यो फिल्मले रियल पात्रको कथा भन्ने बताइएको छ । ममता सिङ्ग, राजा भट्ट निर्माता रहेको यो फिल्ममा मनिष चन्द र गोविन्द राज सह–निर्माताको रुपमा छन् ।
प्रतिक्रिया