नायक दयाहाङ राइलाई प्रहरीको भूमिकामा देखाइएको नयाँ फिल्म ‘राजागञ्ज’को टिजर सार्वजनिक भएको छ । विभिन्न अन्तरराष्ट्रिय महोत्सवमा बलियो उपस्थिती जनाएको यो फिल्मको टिजरमा दुई बालक अपहरणमा परेपछि प्रहरीले अपनाएको अप्रेशनको कथा छ ।
चैत्रको १ गतेबाट रिलिजमा आउन लागेको यो फिल्ममा दयाहाङ राई, आशा मगराती, विजय बराल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, पूर्व मिस नेपाल निकिता चण्डक, पुष्पा यादव लगायतका कलाकारहरुको अभिनय छ । यो फिल्मले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता फिल्म फेस्टिभलमा आफ्नो प्रभाव जमाई सकेको छ ।
सत्य घटनाबाट प्रेरित रहेको यो फिल्मले नेपाल र भारतको सीमावर्ती शहरमा अपरहणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको अप्रेसनको कथालाई उठान गरेको छ ।
यो फिल्मलाई आदि फिल्मस् र बासुरी फिल्मस्ले मिलेर बनाएका हुन् । यस्तै, नायक दयाहाङ राई तथा तत्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले पनि सहकार्य गरेका छन् ।
प्रतिक्रिया