३ दिन लगातार बढेको सुनको भाउ आज घट्यो, चाँदीको भाउ बढ्यो


काठमाडौं – शुक्रबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेर १ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको भाउ १ लाख ६८ हजार ५ सय रुपैयाँ थियो।

चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ बढेर १९८५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको भाउ १९८० रुपैयाँ थियो।