फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘फेरि रेशम फिलिली’को टिजरमा अमेरिका जाने सपना बोकेर दौडिएको एक युवकको कथा समावेश गरिएको छ ।
सार्वजनिक टिजर रमाइलो छ । जसमा, कमेडी संवादहरुलाई स्थान दिइएको छ । सार्वजनिक टिजरमा मुख्य कलाकार विनय श्रेष्ठलाई स्थान दिइएको छ ।
उनकै, वरिपरी फिल्म घुमेको पनि वुझ्न सकिन्छ । साथमा, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतका कलाकारहरुको अभिनय छ । यो फिल्मले दर्शकको साथ पाउने विश्वास निर्माताको छ ।
फिल्मको ‘फेरि जालमा’ बोलको गीतले दर्शकको राम्रो साथ पाइसकेको छ । अब, टिजर हेरेपछि दर्शकको कौतुहलता फिल्मप्रति बढ्ने अपेक्षा निर्माणपक्षको छ ।
सुसन प्रजापतिको छायांकन, आकाश बराल र निरोज महर्जनको पटकथा, नरेश किङ्ग योगीको एक्सन निर्देशक, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा, दीपक शर्माको संगीत, सुरेन्द्र पौडेलको सम्पादन छ । सिनेमा आर्ट र वी मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्ममा रौनक विक्रम कँडेलको लगानी छ ।
सुरज बम ठाकुरी कार्यकारी निर्माता रहेको फिल्ममा एनि थापा सह–निर्माताको रुपमा छन् । निरोज महर्जनको निर्देशनमा तयार भएको यो फिल्मको टिजरलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ ।
प्रतिक्रिया