‘आउटलः दफा २१९’मा ऋषि धमला पनि, गरे डबिङ



फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’मा संचारकर्मी ऋषि धमलाको पनि अभिनय छ ।

धमलाको भूमिका विशेष रहेको र दर्शकका लागि पनि सरप्राइज हुने निर्माणपक्षले बताएको छ ।

उनै, धमलाले फिल्मका लागि डबिङ गरेका छन् । रेट्रो गु्रपको ब्यानरमा निर्माण भएको यो फिल्मका लागि धमलाले शनिबार डबिङ गरेका हुन् । फिल्ममा पनि उनी पत्रकारकै भूमिकामा रहेको वुझिएको छ ।

धमलालाई ‘जनता जान्न चाहन्छन्’को प्रस्तोताको रुपमा नै फिल्ममा हेर्न पाइनेछ । यो फिल्ममा सुशील श्रेष्ठ, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी, महेश त्रिपाठी लगायतका कलाकारहरुको अभिनय छ ।

विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा अमित अग्रहरीको लगानी छ । विनोद कठायत कार्यकारी निर्माता रहेको यो फिल्ममा विकास चौधरी सह–निर्माता हुन् ।

फिल्ममा चुल्ठे काजीको एक्सन, नविन गुरुङको छायांकन र साहिल खानको सम्पादन छ ।

फिल्मले एउटा गम्भिर मुद्दालाई उठान गरेको निर्माणपक्षको भनाई छ । एक्सनप्रधान यो फिल्मका लागि नायक सुशिल श्रेष्ठले निकै मिहिनेत गरेका छन् । केही साता अगाडि मात्र ४० लाख खर्च गरेर निर्माणपक्षले एउटा एक्सनको दृश्य खिचेको थियो ।