काठमाडौँ जाँदै गरेको बस दुर्घटनाहुदा २३ जना घाइते


काठमाडौँ आज बिहान काठमाडौँ जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलमा दुर्घटना भएको छ। बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख निरीक्षक निरला भण्डारीका अनुसार, टायर पञ्चर भएको कारणले बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने जानकारी दिइएको छ। घाइतेहरूलाई चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ, र अन्य यात्रुहरू सकुशल रहेका छन्।