काठमाडौँ- शनिबार सिंहदरवारस्थित भएको आगलागीबाट महत्त्वपूर्ण कागजातमा कुनै क्षति नभएको बताइएको छ। मंत्रालयका उपसचिव भक्तराज जोशीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ कि आगलागीको कारण अतिआवश्यक कागजातमा कुनै क्षति पुगेको छैन।
घटनाको पश्चात उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, ऊर्जा मन्त्री दीपक खड्का, खानेपानी मन्त्री प्रदीप यादव र अन्य सुरक्षा निकायका प्रमुखहरूले घटनास्थलको निरीक्षण गरेका थिए।
आगलागीको खबर पाउनासाथ नेपाली सेना, नेपाल प्रहरी, दमकल र अन्य कर्मचारीहरूले लगभग १५ मिनेटमा आगो नियन्त्रणमा ल्याएका थिए। अहिले घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।














प्रतिक्रिया