ललितपुरमा गाडीको ठक्करबाट पैदलयात्री मोक्तानको निधन


काठमाडौँ- ललितपुरको चापागाउँ दोबाटोस्थित बागमती प्रदेशमा १४ वर्षीय साहन मोक्तानको गाडीको ठक्करबाट मृत्यु भएको छ।

गाडीले पैदलयात्री साहन मोक्तानलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। उपचारको क्रममा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको निधन भएको हो।