सुहाना इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुन लागेको फिल्म ‘ए मेरो हजुर ५’मा नायक अनमोल केसी नहुने भएका छन् । अघिल्लो दुई सिरिजमा काम गरेका अनमोल र नायिका सुहाना थापाको जोडीलाई दर्शकले निकै मन पराएका थिए ।
तर, यसपटक भने अनमोलको समय व्यस्तताका कारण उनले काम गर्न नपाउने भएका हुन् । यसपटक, यो फिल्मबाट नयाँ हिरो भित्रन सक्ने निर्माणपक्षले बताएको छ । केही दिनमै फिल्मका लागि नायक फाइनल गरिने निर्माणपक्षले बताएको छ ।
तर, यो फिल्मबाट फिल्मको संगीतमा संगीतकार खेम सेञ्चुरीले भने डेब्यू गरेका छन् । खेमले सामाजिक संजालबाट यो कुराको जानकारी दिएका हुन् । खेमले आफू सधै नै चुनौती मोल्न तयार रहेकाले यसपटक पनि फिल्मको संगीतमा चुनौती मोल्न तयार भएको सुनाए ।
यो फिल्मको स्क्रिप्ट पनि अन्तिम चरणमा पुगेको छ । झरना थापाको निर्देशनमा बन्ने फिल्ममा नायिका सुहाना थापाको जोडी को हुनेछन्, प्रतिक्षा दर्शकलाई रहनेछ ।
प्रतिक्रिया