पोखरामा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु


काठमाडौँ- पोखराको लेकसाइडमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । लेकसाइडबाट सहिदचोकतर्फ आउँदै गरेको मोटरसाइकल नियन्त्रण गुमाएर पोलमा ठोकिएको छ ।

दुर्घटनामा चालक कास्कीकोटका २१ वर्षीय सफल रानाभाट र पछाडि सवार सिमलचौरका २० वर्षीय सुजल अधिकारीको मृत्यु भएको बैदाम प्रहरीले बताए ।

दुर्घटनामा गम्भिर घाइते उनीहरुको उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो भने उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका छन् ।