काठमाडौंको दक्षिणकाली नगरपालिका-४ मा विद्यार्थी बोकेको बस दुर्घटनामा परेको छ। दुर्घटनामा परी २ जनाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा स्कुल बसका चालक ३५ वर्षीय रामकृष्ण थापा मगर र ८ वर्षीय बालक विपिन श्रेष्ठ रहेका छन्। थापामगरको नगर अस्पताल दक्षिणकालीमा र श्रेष्ठको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
आइतबार साँझ साढे ३ बजे जुनकिरी स्कुलको बा१क ५६६४ नम्बरको बस सडकबाट १०० मिटर तल खस्दा ४१ जना घाइते भएका छन्। घाइते यात्रुहरूको उपचार विभिन्न अस्पतालहरूमा भइरहेको छ। घाइतेहरूलाई काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा पठाइएको छ, जसमा वयोदा अस्पताल, नगर अस्पताल, कीर्तिपुर अस्पताल, शहीद अस्पताल, ट्रमा सेन्टर, मेडिसिटी अस्पताल, मनमोहन अस्पताल र नर्भिक अस्पताल समावेश छन्
प्रहरीका अनुसार घटनामा ३८ जना सवार भएका थिए, र घटनाको यकिन विवरण आइनसकेको बताइएको छ। घाइतेहरूको उपचार विभिन्न अस्पतालहरूमा भइरहेको छ।
प्रतिक्रिया